Logo

बिजनेस होम

शाओमीको मी पोर्टेबल विद्युतीय एयर कम्प्रेसर र प्युरिफायर- ३ बजारमा


GDP नेपाल
   ८ मंसिर २०७८, बुधबार


काठमाडौं ।

शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यु मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ । छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मका लागि यी उपकरणहरु उपयोगी रहेको कम्पनीले जनाएको छ ।

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो, जसको सहायताले बाहिरी पावर सप्लाईबिनै गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा इनफ्लेट गर्न सकिने कम्पनीले जनाएको छ ।

यस्तै, मी एयर प्युरिफायर–३ शाओमीको लाइन–अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर रहेको जनाइएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “मी एयर प्युरिफायर–३ ट्रिपल लेयर फिल्टरेसनयुक्त शाओमीको सबैभन्दा नयाँ स्मार्ट एयर प्युरिफायर हो, जसले ९९.९७ प्रतिशतसम्म सूक्ष्म प्रदूषणहरूलाई हटाउने क्षमता राख्दछ । हाम्रा उत्पादनहरूले सधैँ अत्याधुनिक प्रविधिको साथ भरपर्दो र उत्कृष्ट पफर्मेन्स प्रदान गर्दछ ।”

मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य ६ हजार रहेको छ भने मी एयर प्युरिफायर–३ को मूल्य २३ हजार ५ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह