Logo

अर्थनीति

वाइडबडी खरिद विवादमा सुगतको काउन्टर, भन्छन्–सुनियोजित र श्रृंखलाबद्ध दुस्प्रचार


appharu
   ३ भाद्र २०७५, आइतबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रकरणमा अनियमितताको आरोप लाग्न थालेपछि निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले कडा प्रतिवाद गरेका छन् ।

कंसाकारले आधा दर्जनपटक ट्वीट गर्दै यसको सशक्त प्रतिवादमात्र गरेनन्, यसका प्राविधिक पाटोसमेत सर्वसाधारणले बुझ्नेगरी व्याख्या गरेका छन् । यससँगै सबै आरोपको भित्री उद्देश्यसमेत खुलाउने प्रयाश गरेका छन् ।

यस्तै, निगमले पनि आइतबार एक विज्ञप्ति जारी गर्दै खरिद प्रकरणका बारेमा प्रष्टयाउने प्रयाश गरेको छ ।

प्रस्तुत छः कंसाकारको ट्वीटहरु जस्ताको तस्तैः

निगमको सञ्चालक समितिबाट १७ माघ २०७३ मा २ वटा वाइड बडी खरिदको अन्तिम निर्णय भैसकेपछि सुनियोजित र श्रृंखलावद्ध रुपमा एक विरोधी ग्रुपले निराधार र झूटो हल्ला फैलाउन सुरु ग¥यो ।

ती हल्लाहरुले व्यक्तिगत रुपमा मलाई नै टार्गेट बनाएको भए तापनि अप्रत्यक्ष रुपमा टेण्डरको मुल्यांकन गर्ने इन्जिनियर र चार्टर्ड एकाउन्टेन्ट समिलित ११ जना, बोर्डका अध्यक्ष, ५ जना बोर्ड मेम्बर तथा निगम बाहिरको तीन जना कर्पोरेट लयर गरि अन्य २० जनालाई समेत मुछेर हल्ला चलाइयो ।

यी हल्लाहरुको बावजूद हामी निगम परिवार ढुक्क छौं कि यही मोडेलको विमान यो मूल्यभन्दा कम मूल्यमा संसारको कुनै एयरलाइन्सले खरिद गरेको छैन र खरिद ऐन र निगम विनियमावली हुबहु पालना गरि अत्यन्त पारदर्शी ढंगले खरिद गरिएको हुँदा कहिँ कतै धाँधलीको कुनै गुन्जायसै छैन ।

कंसाकारले निगमबिरुद्ध फैलाइएका हल्लाहरुलाई यसरी लिपिबद्ध गरेका छन्–

विगत १८ महिनामा चलाइएका ७ वटा प्रमुख हल्लाहरु निम्न बमोजिम छन्ः

हल्ला नं.१– विमानको मूल्य एयरबस कम्पनीको वेबसाइटमा उल्लेख गरेको प्रति विमान क्याटलग प्राइस २३० मिलियन डलर हुँदा एएआर कन्सोर्टियमले कबोल गरेको १०५ मिलियन डलरमा आउने विमान पक्कै पुरानो डेन्टिङ पेन्टिङ गरेको हुनु पर्छ ।

हल्ला नं.२– एमएसएन नम्बर फरक–फरक भैरहेकोले यी २ वटा विमान कुनै हालतमा नेपाल आउँदैन र रु. ८ अर्बको पहिलो किस्ता रकम खाएर अमेरिकी, जर्मनी र पोर्चुगिजको ३ वटा कम्पनी भागि सक्यो र नेपाल आउने विमानहरु एक छिमेकी मुलुकमा उडिरहेको छ ।

हल्ला नं.३– विमानको तौलसम्बन्धी एमटीओडब्लू निर्धारण गर्दा ठूलो आर्थिक चलखेल भएको छ ।

हल्ला नं. ४– कारोबारलाई सरलीकरण गर्न भनी विश्वमा भएको चलनअनुसार खडा गरेको एसपीभी (स्पेशल पर्पोज भेहिकल) वा एसपीसी (स्पेशल पर्पोज कम्पनी) को रुपमा दर्ता गरिएको हाइफ्दाई घोटाला गर्न खडा गरेको कम्पनी हो ।

हल्ला नं. ५– विमान खरिदमा संसारभर लागू हुने र निगम र विमान आपूर्तिकर्ता कम्पनीसँग भएको सम्झौतापत्र बमोजिम भएको प्राइस स्कालेसन फर्मुला प्रयोग गरी करोडौं अर्बौंको घोटाला गरियो ।

हल्ला नं. ६– चलखेल गर्न सिधै विमान निर्माता कम्पनीसँग खरिद नगरिकन टेण्डरको नाटक गरियो र पुरानो विमान खरिद गर्ने भनि छकाएर नयाँ विमान खरिद गरियो ।

हल्ला नं. ७– टेण्डरमा भाग लिने ६ वटा मुलुकको १० वटै कम्पनीहरु निगम महाप्रबन्धकले मिलोमतोमा कार्टेल गराई ल्याएका कम्पनीहरु हुन् ।

प्रकाशित : ३ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह