Logo

बिजनेस होम

सुनको भाउ बढ्यो, तोलाको ९२ हजार १ सय !


GDP Nepal
   १२ मंसिर २०७८, आइतबार


काठमाण्डौं । नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज ९२ हजार १ सय र तेजाबी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाल र तेजाबी सुन क्रमशः ९१ हजार ९ सय र ९१ हजार ४ सयमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने आज ओरालो लागेको छ । शुक्रबार तोलाकै १२ सय २५ मा कारोबार भएको चाँदी आइतबार १२ सय १० मा कारोबार भइरहको महासंघले जनाएको छ ।

प्रकाशित : १२ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह