काठमाडौँ ।
एशियन लाइफ इन्स्योरेन्सले सर्लाहीको हरिऔनमा नयाँ शाखा सञ्चालन गरेको छ । कम्पनीले हरिऔनमा ४५औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । कम्पनीको प्रदेश २ का प्रमुख रामरुप सहनीले शाखा कार्यालयको एक विशेष समारोहबीच उद्घाटन गरेका हुन् ।
कम्पनीले हाल ४५ वटा शाखा र १०३ वटा उपशाखा कार्यालयहरु मार्फत देशैभरका बीमितहरुलाई घरदैलोमै जीवन बीमा सेवा उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया