Logo

बैंक / बिमा /शेयर

कामना सेवा विकास बैंकको दुई नयाँ शाखा सञ्चालनमा


GDP नेपाल
   १३ मंसिर २०७८, सोमबार


कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैँकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर र सोही जिल्लाको कावासोती नगरपालिका, वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो । ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने योजनाका साथ नयाँ शाखा सञ्चालन गरिएको बैँकले जनाएको छ । सो दुई नयाँ शाखा बैंकका अध्यक्ष सुदिप आचार्यले समुद्घाटन गरेका हुन् ।

Social Media Banking, Internet Banking, Moblie Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १३ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह