काठमाडौँ ।
एनएमबि बैंकले पुस २२ गते २६ औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा बैँकको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ३० प्रतिशत नगद लाभांश वितरणका लागि पारित गरिने छ ।
साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशाधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल थपघट गर्न निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि बुक क्लोजको मिति भने तय गरेको छैन ।
प्रतिक्रिया