Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकद्वारा देशव्यापी रुपमा वित्तीय साक्षरता अभियान सञ्चालन


GDP नेपाल
   १४ मंसिर २०७८, मंगलबार


काठमाडौँ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय साक्षरता अभियान सञ्चालन गरेको छ । बैँकले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गरेको हो ।

बैँकले सोमबार बुटवलमा डिजिटल बैँकिङ्ग सम्बन्धि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको देविनगर र मोतिपुर शाखाले सो कार्यक्रम संयुक्त रुपमा सञ्चालन गरेका थिए । सो कार्यक्रममा दुर्य सय भन्दा बढी ग्राहकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बैँकबाट उपलब्ध डिजिटल सेवाहरुको बारेमा जानकारी गराइएको थियो ।

यस्तै, डिजिटल प्रविधि तथा सेवाहरुको प्रयोग र त्यसका फाइदाहरुमा समेत कार्यक्रमले प्रार्थमिकता दिएको थियो । कार्यक्रममा उपस्थित ग्राहकहरुले कार्यक्रममै आफ्नो डिजिटल सेवा समेत लिएका थिए । यस अभियानका लागि बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने अभियान सञ्चालन गरिहेको बैँकले जनाएको छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह