Logo

कर्पोरेट-बजार

निगमसँग ९ वटा डोमेस्टिक जहाज, ८ वटा ग्राउन्डेड एउटामात्रै सञ्चालनमा


appharu
   ३ भाद्र २०७५, आइतबार


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम अन्तर्राष्ट्रिय उडानमा केन्द्रित हुँदा आन्तरिक उडानको अवस्था भने दयनीय बन्दै गएको छ ।

निगमसँग आन्तरिक उडानका लागि ९ वटा जहाज रहे पनि ८ वटा ग्राउन्डेड अवस्थामा छन् भने एउटामात्रै सञ्चालनमा छ ।

निगमसँग हाल ३ वटा ट्वीनअटर, ४ वटा वाई १२ ई र २ वटा एमए ६० मोडलका जहाज रहे पनि एउटा एमए ६० बाहेक कुनै पनि उडानमा नरहेको निगमले जनाएको छ ।

वाई १२ ई र एमए ६० दुवै मोडल चिनियाँ अनुदान तथा सुलभ कर्जामा खरिद गरिएका जहाज हुन् भने ट्वीनअटर पुराना भइसके पनि दुर्गममा उडानमा लागि उपयुक्त जहाज मानिन्छन् ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चिनियाँ जहाजका कारण निगमको अन्तरिक उडानमा एकपछि अर्को समस्या थपिँदै गएको बताए ।

अन्तर्राष्ट्रिय उडानका लागि भने निगमसँग एयरबसका २ वटा न्यारोबडी र २ वटा वाइडबडीसँगै एउटा बोइङको पुरानो जहाज पनि छ ।

प्रकाशित : ३ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह