काठमाडौँ ।
लक्ष्मी बैंकले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनका लागि मंसिर २४ गते बुक क्लोज हुनेछ । तसर्थ, मंसिर २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश सुरक्षित गर्न सक्नेछन् ।
सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सुरु हुनेछ ।
प्रतिक्रिया