काठमाडौँ ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।
हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । ८ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब नाघ्ने छ ।
प्रतिक्रिया