काठमाडौँ ।
नबिल बैंक लिमिटेडको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । नेप्सेका अनुसार ८५ नबिल डिबेन्चर २०८५ को २२ लाख ७ हजार एक सय ८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।
बैंकले साउन १० गते आईतबारबाट साउन २४ गते, आईतबारसम्म ७ वर्ष अवधिको ८ प्रतिशत व्याजदर रहेको ‘८५ नबिल डिबेन्चर २०८५’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो ।
सर्वसाधारणका लागि छुट्याइएको कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
प्रतिक्रिया