Logo

बैंक / बिमा /शेयर

लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण


GDP नेपाल
   १५ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

लक्ष्मी बैंकले वार्षिक योजना ‘डिजिटल डिसेम्बर’ को तेस्रो संस्करण ल्याएको छ । एक महिने यो अभियान अन्तर्गत विभिन्न पुरस्कार र छुट माध्यमबाट ग्राहकहरूलाई डिजिटल बैकिङ्ग प्रविधिहरू प्रयोगमा प्रोत्साहन गर्ने बैंकको दाबी छ ।

डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानी प्रवर्द्धन गर्न केन्द्रित रहेको र लक्की ड्र द्वारा आफ्ना ग्राहकहरूलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरूलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गरिने बैंकले जनाएको छ । योजनाअन्तर्गत डिजिटल डिसेम्बरभर हरेक हप्ता तीन भाग्यशाली क्यूआर व्यवसायीहरूले पाँच हजार रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।

क्यूआरबाट भुक्तानी गर्दा प्रत्येक दिन पाँच जनाले ५०० रुपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्ने पनि बैंकले जानकारी दिएको छ । योजना अवधिभर मोबाइल मनीका नयाँ प्रयोगकर्ताहरूले मोबाइल मनीमार्फत एक हजार रुपैयाँभन्दा बढी कारोबार गर्ने ५०० ग्राहकले डिसेम्बर अन्त्यमा ५०० रुपैयाँ क्यासब्याक पनि पाउनेछन् ।

साथै, डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभर मोबाइल मनी सब्स्क्राइब गर्ने सबैले सो सेवा निःशुल्क पाउन सक्नेछन् ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह