काठमाडौँ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ स्थित थलीमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शाखा कार्यालय स्थापना गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकका प्रमुख कृष्णहरि थापाले उक्त शाखाको उदघाट्न गरेका हुन् ।
बैंककी बाग्मती प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरु, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
प्रतिक्रिया