काठमाडौँ ।
सपोर्ट लघुवित्त वित्तिय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले पुस १० गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यस्तै, संस्थाले सभा प्रयोजनाका लागि पुस १ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया