Logo

बैंक / बिमा /शेयर

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सद्वारा १० प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   १६ मंसिर २०७८, बिहिबार


गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ ।

फाइनान्सको १५ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्न सक्नेछन्। फाइनान्सको हाल चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ रहेको छ।

लगानीकर्तालाई १० प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि फाइनान्सको चुक्ता पुँजी ९५ करोड ४ लाख रुपैयाँ पुग्नेछ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह