Logo

Sub-banner

वीरगञ्जमा ‘मेड इन नेपाल’ प्रदर्शनी


GDP नेपाल
   १६ मंसिर २०७८, बिहिबार


वीरगञ्ज ।

यहाँ ‘मेड इन नेपाल एक्स्पो’ (प्रदर्शनी) हुने भएको छ । स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुनको १२ देखि १५ गतेसम्म सो प्रदर्शनी सञ्चालन हुने छ ।

नेपाली युवा उद्यमी फोरम (एनवाइइएफ) वीरगञ्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको छ । वीरगञ्जको आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा प्रदर्शनी आयोजना गरिने एनवाइइएफका अध्यक्ष अनुप अग्रवालले जानकारी दिनुभयो ।

स्वदेशी उद्यम र उत्पादन प्रवद्र्धनको उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा विभिन्न उत्पादनका लागि करिब १३० वटा कक्षको व्यवस्था मिलाइने आयोजकले बताएको छ । प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको प्रदर्शनी गरिने भएको छ ।

प्रदर्शनीको लागि कक्ष बुकिङ सुुरू भइरहेको र महिला तथा फरक क्षमताका उद्यमीका लागि कक्षमा विशेष सहुलियत दिइने पनि आयोजकले बताएको छ । नेपाली उद्यमीबीच अनुभवको आदानप्रदान र अवसरको उपयोगमार्फत देशको आर्थिक विकासको उद्देश्यलाई सघाउने लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।

प्रदर्शनीमा वस्तु तथा सेवाका उत्पादक र ग्राहकबीच साक्षात्कार हुने र यसबाट उपभोक्ताले स्वदेशी उत्पादनबारे जानकारी पाउने बताइएको छ । उद्यमशीलताको भावना जागृत गराउँदै नयाँ सोच र खोजका साथ उद्यम व्यापारलाई देशको आर्थिक विकासको मेरुदण्डका रुपमा स्थापित गर्ने अभियानअन्तर्गत प्रदर्शनी आयोजना हुन लागेको हो ।

उपभोक्ताको रुचिअनुसार उत्पादन परिमार्जन र बजारीकरणमा सहयोग पुग्नेमा आयोजक विश्वस्त देखिएको छ । लगानीका नयाँ सम्भाव्यताको खोजी गर्दै स्वदेशी वस्तु तथा सेवाको प्रवद्र्धनमार्फत देशको आर्थिक विकासमा प्रदर्शनीले सघाउ पुर्‍याउने दाबी आयोजकको छ ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह