काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले विद्युत् प्राधिकरणको नियतमै खोट रहेको दावी गरेका छन् ।
निजी क्षेत्रको छाता संस्था महासंघका ‘वेटिङ प्रेसिडेन्ट’ समेत रहेका श्रेष्ठले तामाकोशी जलविद्युत् परियोजना समयमा मर्मत नगरी त्यसको कमजोरी लुकाउन उद्योगहरुलाई बली चढाइएको टिप्पणी गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले दैनिक बिहान तथा साँझ २–३ घण्टा साथै दिन–रातको समयमा पनि उद्योगको क्षमता भन्दा आधा लोड दिइएको जानकारी गराउँदै प्राधिकरणले उद्योग सञ्चालनमा गम्भीर बाधा पुर्याइरहेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्ः
विद्युत प्राधिकरणको नियत के हो ?
तामाकोशी समयमा मर्मत नगर्ने ?
भारतबाट विद्युत आपूर्ति कमीको कारण साँझ मात्र औद्योगिक क्षेत्रलाई घटाएको भन्ने तर दैनिक बिहान/साँझ २–३ घण्टा साथै दिन–रातको समयमा पनि उद्योगको क्षमता भन्दा आधा लोड दिई उद्योग सञ्चालनमा गम्भीर बाधा पुर्याउने ?
प्रतिक्रिया