Logo

बिजनेस होम

रियलमीका नार्जो ५०ए र ५०आई सार्वजनिक


GDP नेपाल
   १६ मंसिर २०७८, बिहिबार


काठमाडौं ।

रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल स्मार्टफोन ब्रान्ड  रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज ल्याएको हो । नर्जो ५० आइ र नार्जो ५० ए ल्याउने भएको हो । कुनै पनि फिचरहरुमा सम्झौता नगरि आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुन सक्ने कम्पनीले दावी गरेको छ् ।

सार्वजनिक कार्यक्रममा बोल्दै मुरारका ल्याउने ग्रुपका डिरेक्टर शिरिष मुरारकाले भने, “संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यो सँगै हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने हो र यहि सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज नार्जो ५० एक र नार्जो ५० आइ ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरु हुन् । यी दुइ फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ । 

 

मिडिया टेक हेलियो ८५ चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको यो पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् । 

यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० एमपी ट्रिपल एआइ क्यामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ । यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामा भएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ । साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफि गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।

साथै यसको अगाडिपट्टि रहेको एआइ ब्युटी, पोर्ट्रेट मोड र अन्य फिचर्सयुक्त हाइ डेफिनिसन ८ एमपी  क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमा भएको ६००० एमएएचको ब्याट्रिले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिने कम्पनीको दावी रहेको छ । साथै यसमा स्पेसल ओटीजी रिभर्स चार्ज र १८ डब्लू फास्ट चार्ज पनि रहेको छ । १६.५ सेन्टीमिटर (६.५“) को मिनी ड्रप डिस्प्ले भएको रियलमी नार्जो ५० एमा अडियो र भिडियोको आनन्द लिँदै मजाले गेम खेल्न सकिन्छ ।

सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइन युक्त रियलमी नार्जो ५० एमा इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसन भएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा ३ वटा कार्ड स्लट भएकोले २ वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८जीबीको)  राख्न सकिन्छ, जुन २५६ जीबीसम्म एक्स्पान्ड गर्न सकिन्छ । ४ जीबी+६४ जीबी र ४ जीवी+१२८ जीवीको स्टोरजमा अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा उपलब्ध छ । ४ जीबी +६४ जीबीको बजार मुल्य  १९,४९९ रुपैयाँ रहेको छ । भने  ४ जीबी + १२८ जीवीको मूल्य २१,१९९ रुपैयाँ रहेको कम्पनीले जनाएको  छ ।  

त्यस्तै, रिलमी नार्जो ५० आइ सेगमेन्टको सबैभन्दा स्टेबल पर्फर्मर रिलमी नार्जो ५० आइमा शक्तिशाली युनिसोक ९८६३ अक्टा–कोर प्रोसेसर र उत्तिकै शक्तिशाली ५००० एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्ने कम्पनीको दावी रहेको छ । साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रिको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन र अन्य एआइओटी उत्पादनहरु जस्तै टीडब्लूएस हेडफोन, स्मार्टवाच, र स्मार्ट–ब्यान्ड पनि चार्ज गर्न मिल्छ ।

यसको १६.५ सेन्टिमिटर (६.५“) को ठूलो डिस्प्ले र ८९.५ % स्क्रिन–टु–बडी रेसियोले गर्दा यसमा भिडियो हेर्न खास मजा आउँछ । रिलमी नार्जो ५० आइको ८.९ एमएमको सुपर स्लिम ट्रेन्डसेटिङ् डायगोनल स्ट्राइप डिजाइनले अरुको भन्दा आकर्षक रहेको छ ।  

यसमा भएको ८ एमपीको एआइ क्यामरा र एफ २.० को लार्ज अपर्चरले पर्याप्त लाइट (प्रकाश) लिएर ३२६४ं८२४४८ सम्मको हाइ रेजोलुसन तस्बिर खिच्नुकोको साथै १०८० पीको फुल एच् डि भिडियो पनि रेकर्ड गर्न सक्छ । यो ट्याब्लेटमा पनि ३ वटा कार्ड स्लट भएकोले गर्दा यसमा २ वटा नानो सिम कार्ड र एउटा  माइक्रो युएसडी पनि राख्न मिल्छ । र यसले २५६ जीवीसम्मको मेमोरी एक्स्पान्सन सपोर्ट रहेको कम्पनीले जनाएको छ ।

यो मिन्ट ग्रीन र कार्बन ब्ल्याकमा २ जीबी+३२ जीबी र ४ जीबी+६४जीबी को स्टोरजमा उपलब्ध छ । २ जीबी ३२ जीबीको मूल्य १२,९९९ रुपैयाँ रहेको छ भने ४ जीबी +६४ जीबीको मूल्य १५,४९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह