काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ३५औं वार्षिक साधारण सभा आज (शुक्रवार) हुने भएको छ ।
कम्पनीले सभा बिहान १० बजे दरबारमार्ग, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा हुने जानकारी दिएको छ । सभाले १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८९ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफ गरी पारित गर्नेछ ।
यसैगरी, सभाले आव २०७८/७९ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया