Logo

बैंक / बिमा /शेयर

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर बाँडफाँड


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ ।

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

बैँकले दिएको अवधिभित्र रितपूर्वक आवेदन दिने ६ हजार एक सय ८० जना आवेदकहरूलाई २४ लाख ६ हजार एक सय ६ दशमलव ४७३८ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको बैंकले जनाएको छ । जस अनुसार अब नबिकेको २७ हजार २ सय ५७ कित्ता हकप्रद बैंक लिलाम बढाबढ गरी बिक्री गरिने छ ।


बैंकको हकप्रद सेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेको थियो ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह