Logo

बैंक / बिमा /शेयर

एभरेष्ट बैंकका ग्राहकलाई आइएसओएन हेल्थकेयरमा सात प्रतिशतसम्म छुट


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

एभरेष्ट बैंक लिमिटेड र आइएसओएन हेल्थकेयरबीच सम्झौता भएको छ । दुई पक्षबीच बेँकका ग्राहकलाई हेल्थकेयर विशेष छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरले आइएसओएन हेल्थकेयरका भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरु आइएसओएनका माध्यमबात विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुनसक्ने बताएका छन् । उनले आइएसओएनको विश्वका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरसँग सहकार्य रहेको बताएका थिए ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह