Logo

बिजनेस होम

नेपाल ट्रेड इन्फरमेसन पोर्टल उपयोग गर्न निर्यात व्यवसायीलाई आग्रह


GDP Nepal
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौं । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)ले नेपाल ट्रेड पोर्टलको अधिकतम उपयोग गर्न निर्यात व्यवसायीलाई आग्रह गरेको छ । नेपाल निर्यात परिषद र केन्द्रले आयोजना गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय व्यापारमा सहजीकरणका लागि यसको उपयोगितामा जोड दिइएको हो ।

कार्यक्रममा केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले नेपालबाट निकासी व्यापारको असीमिति सम्भावना रहेको उल्लेख गर्दै प्राविधिक पक्षमा ध्यान दिन सके व्यवसायीले मनग्य लाभ लिनसक्ने बताए । उनले प्राविधिक पक्षको जानकारीका लागि नेपाल ट्रेड पोर्टललाई उपयोग गर्नुपर्ने धारणा राखे ।

नेपाल इन्डिया रिजनल ट्रेड एन्ड ट्रान्जिट प्रोजेक्ट अन्तर्गत विश्व बैंकको सहयोगमा निर्माण भएको नेपाल ट्रेड इनफरमेसन पोर्टल भर्खरै मात्र सञ्चालनमा आएको हो ।

कार्यक्रममा निर्यात परिषदका अध्यक्ष हरिबहादुर कार्कीले निर्यात व्यवसायीलाई प्राविधिक पक्षको जानकारीका लागि नेपाल ट्रेड पोर्टल अत्यन्त उपयोगी रहेको बताए । उनले सबै व्यवसायीलाई यसको प्रयोग गर्दै निकासीका लागि नयाँ वस्तको सम्भावना खोज्न र थप गन्तव्य पहिल्याउन पनि आग्रह गरे ।

कार्यक्रममा केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले यसको प्राविधिक पक्षका विषयमा प्रकाश पारेका थिए । सिंहले प्रत्यक्ष तथा परोक्ष रुपमा व्यापारका क्षेत्रमा सेवा प्रवाह गर्न तथा सहयोग पु¥याउने कार्यमा संलग्न सरकारी निकायका वारेमा संक्षिप्त जानकारी प्रदान गर्ने बताए । “यदि तपाई व्यापारसम्वद्ध कुनै सरकारी निकायका वारेमा विस्तृत रुपमा वा थप कुनै जानकारी लिन चाहानुहुन्छ भने तल वेबसाइट मार्फत चाहिएका सूचना र जानकारी प्राप्त गर्न सक्नु हुनेछ,” कार्यक्रमका सहभागी निर्यात व्यवसायीलाई उनले भने ।

यस पोर्टलले व्यापारीवर्गका लागि मालवस्तुको आयात तथा निर्यातका लागि आवश्यक पर्ने तथा उपयोगी नियमनात्मक प्रावधान तथा प्रक्रियागत सूचना र जानकारी सहज, तार्किक तथा सहयोगी सूचनागत स्रोतका रुपमा उपलब्ध गराउने उनको भनाइ छ ।

कार्यक्रममा परिषद अध्यक्ष कार्कीले आउँदो पुस २२ गते छैटौं निर्यात दिवस भव्यताका साथ आयोजना गरिने जानकारी गराए ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह