Logo

बैंक / बिमा /शेयर

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका ९६ लाख कित्ता शेयरको रु ९६ करोड बराबरको प्राथमिक शेयर निस्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानीकोष रहने भएको छ ।

सो हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरिएको कोषले जनाएको छ । सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गर्नुभएको थियो । यस हाइड्रोपावर कम्पनीले लमजुङको दोर्दी नदीबाट ५४ मेगावाट विद्युत् उत्पादन गर्नेछ । कम्पनीको निस्काशन तथा बिक्री प्रबन्धका रुपमा सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह