काठमाडौँ ।
नेपाल बैंकले पुस २ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर तिर्न ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । सभा प्रयोजनका लागि बैंकले मंसिर २१ गते बुक क्लोज हुनेछ । मंसिर २० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।
प्रतिक्रिया