काठमाडौँ ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पौष ११ गते वार्षिक साधारण सभा बोलाएको छ ।
बैठक बिहान ११ बजे अनमोल बैंक्वेट, शंखमुलमा बस्ने भएको छ । सभामा सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया