Logo

बिजनेस होम

भीमसेन मन्दिर पुनर्निर्माणमा बृहत श्रमदान


GDP Nepal
   १९ मंसिर २०७८, आइतबार


ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा पुनर्निर्माण भइरहेको पाटन दरबार क्षेत्रको भीमसेन मन्दिर पुननिर्माणमा स्थानीयको सहभागिताका लागि शनिबार वृहत श्रमदान कार्यक्रम गरिएको छ ।

हाल पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगिसकेकोमा आफ्नो सम्पदाको अपन्वत्व ग्रहण गर्ने अवसर सबैलाई मिलोस् भन्ने हेतुले शनिबार मन्दिरको छानोमा झिंगटी छाउने कार्यमा श्रमदानको आयोजना गरिएको हो ।

ऊर्जामन्त्री पम्फा भुसालसहित ललितपुरका संघीय तथा प्रदेश सांसदहरु सहभागी उक्त कार्यक्रममा विभिन्न वस्तुगत संघहरु, जातिय समाज एवं सर्वसाधारणले श्रमदान गरेका थिए ।

४ करोड ९३ लाख रुपैयाँको लागत इष्टिमेटसहित काठमाण्डौ भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा दुई बर्ष भित्र सम्पन्न गर्ने लक्षका साथ मन्दिरको पुनर्निर्माण कार्य २०७५ माघ ७ गतेबाट शुरु भएको थियो ।

मन्दिर पुनर्निर्माणको कार्यलाई लक्षित समयावधिमै सम्पन्न गर्ने अठोटका साथ कोभिडको महामारीका कारण भएको लकडाउनको समयमा पनि आवश्यक सुरक्षा विधि अपनाई पुनर्निर्माणको कार्यलाई निरन्तरता दिइएको भीमसेन मन्दिर सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनले बताए ।

“पुनर्निर्माणको क्रममा पूर्वानुमान गर्न नसकिने केही कार्यहरु थप हुन गै निर्माण कार्य पूर्वलक्षित समयमा सम्पन्न गर्न नसकिए पनि काठमाण्डौ भ्याली प्रिजर्भेशन ट्रष्टका दक्ष प्राबिधिकहरुको प्रत्यक्ष निगरानी तथा सम्पूर्ण कामदारहरुको लगनशिलताका कारण स्तरीय निर्माण कार्य भएकोमा हामी सन्तुष्ट छौं,” महर्जनले भने ।

“हाम्रो सम्पदा हामी आफै बनाऔं” भन्ने नाराका साथ मन्दिरको पुनर्निर्माणको कार्यको थालनी भएको हो ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह