काठमाडौँ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरका लागि तोकिएको समय सकिएको छ ।
बैँक मर्जरका लागि राष्ट्र बैंकले आज आइतबार सम्म सममको समय दिएको थियो । तर, राष्ट्र बैंकले तोकेको समयभित्र मर्जर प्रक्रिया अघि नबढेपछि दुई बैंकले पुनः समय गप्न माग गरेका छन् । दुई बैँकले समय थपका लागि राष्ट्र बैंकलाई पत्राचार गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई दिने लाभांश पारित गर्नको लागि साधारणसभा बोलाइसकेको छ । हिमालयन बैंकले भने मर्जरको विषयमा निर्णय गर्न नसक्दा साधारणसभा बोलाउने सरसार गरेको छैन ।
प्रतिक्रिया