Logo

बैंक / बिमा /शेयर

लुम्बिनी विकास बैंकको एकै साथ पाँच शाखा उद्घाटन


GDP नेपाल
   १९ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

लुम्बिनी विकास बैंक लिमिटेडले एकसाथ थप पाँच नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैँकले शनिबार एकैसाथ पाँच नयाँ शाखाको उद्घाटन गरेको हो । बैकले काठमाडौंको नयाँ बानेश्वर चोक, रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम, नवलपरासीको बर्दघाट नगरपालिका दाङ्गको घोराही उप – महानगरपालिका बि.पि.चोक र बाँकेको कोहलपुर नगरपालिका साझा चोकमा थप नयाँ शाखा विस्तार गरेको हो ।

नयाँ बानेश्वर शाखाको उद्घाटन बिकास बैंकका सञ्चालकहरु चिन्तामणि भट्टराई र अञ्जु कुमारी गुप्ताले सयुंक्त रुपमा गरेका थिए भने बर्दघाट शाखाको उद्घाटन बर्दघाट नगरपालिकाका उप – प्रमुख माया देवि पौडेल र बैंकका सञ्चालक केशब खतिवडा, मणिग्राम शाखको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरे र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहरा, घोराही शाखाको उद्घाटन घोराही उप – महानगरपालिकाका प्रमुख नरुलाल चौधरी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंक सिंह बुढाथोकी र बैंकका सञ्चालकहरू प्रताप कुमार आचार्य तथा रामचन्द्र सिग्देल, र कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैंकका सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सयुंक्त रूपमा उद्घाटन गरेका थिए ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहक महानुभावहरूलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहको छ ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह