Logo

बैंक / बिमा /शेयर

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बिमा सम्झौता


GDP नेपाल
   २० मंसिर २०७८, सोमबार


काठमाडौँ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बिमा गराउने सम्बन्धमा सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्याकारी अधिकृत शधनन्जय रेग्मीले हस्ताक्षर गरे।

यस सम्झौता पश्चात नेपाल पर्यटन बोर्डका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य तथा सामुहिक दुर्घटना बिमा लगायत सम्पत्ती तथा सवारीसाधनहरुसहित आवश्यक सम्पूर्ण निर्जीवन बिमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्नेछ।उक्त अवसरमापर्यटन बोर्डका प्रमुख कर्याकारी अधिकृत धनन्जय रेग्मीले पर्यटन बोर्डले नेपालमा ख्याती प्राप्त बिमा कम्पनी आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आफ्नो कार्यालयसँगसम्बन्धित सम्पूर्ण निर्जीवन बिमा गर्ने गरी सम्झौता गर्न पाएकोमा आफूलाई खुशी लागेको बताए।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह