Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न एचआईडिसीएलले बोलायो साधारण सभा


GDP नेपाल
   २० मंसिर २०७८, सोमबार


काठमाडौं ।

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभपमेण्ट कम्पनी (एचआईडिसीएल) ले साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस २२ गते १० औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीका अनुसार सभा बिहान ९ बजे प्रधान कार्यालय हात्तिसार काठमाडौंमा हुने भएको छ । सभाले स्ञ्चालक समितिको बैठकले सिफरिस गरेको ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका पुस ५ गते बन्द गर्ने जानकारी गराएको छ । यस आधारमा पुस ४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह