काठमाडौँ।
मेटलाइफले नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाउँदै छ।
२०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देशभरि छरिएका धेरै मानिसहरुलाई लघुबीमामार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराइ नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउँदै कम्पनीले जनाएको छ।
‘संसार परिवर्तिनशील छ र निरन्तर परिवर्तन भइरहन्छ’, मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यस परिवर्तनशील संसारमा एउटै स्थिर कुरा भनेकोे नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिबद्धता रहेको छ।’
उनले नपालमा मेटलाइफको २० औं सफल वर्षोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरु प्रति कृतज्ञता तथा ग्राहकहरुप्रति गुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरु, खटिएका कर्मचारी तथा एजेन्टहरु, तथा अन्य व्यापार साझेदारहरुलाई पनि धन्यवाद व्यक्त गरे।
विगत २० वर्षमा मेटलाइफ नेपालले २५० करोडभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरु मार्फत ४० हजारभन्दा बढी पेशाको सिर्जना, २ हजार करोडको जीवन बीमा कोष तथा २७४ करोडको जगेडा कोषको स्थापना गरी वित्तीय स्थायित्व कायम गरिसकेको छ। हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको छ।
मेटलाइफले सधैँ व्यापारमा मात्र नभइ आफ्ना ग्राहक, समुदाय र समाज कल्याणमा सकारात्मक प्रभाव पार्नसक्ने प्रयासहरु गर्दै आएको छ भने नेपालको बीमा क्षेत्रमा थुप्रै नवीनतम कार्यहरुमार्फत आफ्नो नेतृत्वको स्थान पनि स्थापित गरेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया