Logo

कर्पोरेट-बजार

जिम्मेवार व्यवसाय सम्मेलन गर्दै एनबीआई


appharu
   ५ भाद्र २०७५, मंगलबार


काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले आगामी वर्ष काठमाडौंमा जिम्मेवार व्यवसाय सम्मेलन गर्ने भएको छ ।

एनबीआईको बाह्रौ वार्षिक साधारण सभामा अध्यक्ष पद्मज्योतिले सन् २०१९ को अगस्ट ८ र ९ मा तेश्रो जिम्मेवार व्यवसाय सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार यस सम्मेलनको मूल उद्देश्य जिम्मेवार व्यवसायिक अभ्यासमार्फत् दीगो विकासको प्रवद्र्धन गर्नु हुनेछ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त ५० भन्दा बढी विज्ञहरु तथा ५ सयभन्दा बढी उद्योगी व्यवसायीहरुलाई समावेश गरी दिगो विकास लिक्षित सम्मेलन सम्पन्न गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
जिम्मेवार आर्थिक विकासको माध्यमबाट शान्त र समृद्ध नेपालको निर्माण गर्ने दूरदृष्टिका साथ राष्ट्रिय व्यवसायिक पहलको स्थापना द्वन्द्वकालिन परिस्थितिमा सन् २००५ मा भएको थियो भने जिम्मेवार व्यवसायसम्बन्धी दुई पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना एनबीआईले गरिसकेको छ ।
संस्थाका महासचिव सुरेन्द्रवीर मालाकारका अनुसार मानव बेचविखन सम्पूर्ण नेपालीहरुको लागि लज्जाको विषय भएकाले निजी क्षेत्रले यसलार्ई निरुपण गर्न सक्दो पहल गर्नेछ । “वैदेशिक रोजगारको सम्बन्धमा पनि धेरै नकारात्मक चर्चाहरु भएको छ । यस क्षेत्रमा जिम्मेवार व्यवसाय र आचारसंहिताको प्रवद्र्धन गर्न पनि हामी लाग्नेछौं,” महासचिव मालाकारले बताए ।
साधारणसभामा आर्थिक वर्ष २०७४÷७५को बार्षिक प्रतिबेदनका साथै आगामी वर्षको भावी रणनीति समेत प्रस्तुत गर्दै उनले राष्ट्रिय व्यवसायिक पहलले वीनरक ईन्टरनेशनल संगको सहकार्यमा मानव बेचविखन विरुद्ध निजी क्षेत्रको प्रभावकारी भूमिका वृद्धि गर्न बृहत परियोजना गर्ने समेत बताए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष कुशकुमार जोशीले आधुनिक दासतासम्बधी इन्डिोनेशियाको बालीमा गत हप्ता भएको दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै कार्यपत्र प्रस्तुतीको विषयमा जानकारी गराए । उपाध्यक्ष जोशीले सोही कार्यक्रमको अनुभव सबैमाझ राख्दै मानव बेचविखन तथा आधुनिक दासतालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारे ।
सभाले संस्थाका कोषाध्यक्ष शुकुन्तलाल हिराचनले प्रस्तुत गरेको लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक विवरण पनि पारित गरेको थियो । सभामा पचासभन्दा बढी नेपालका प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ५ भाद्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह