Logo

बैंक / बिमा /शेयर

रिया मनि ट्रान्सफर र सिटी एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता


GDP नेपाल
   २३ मंसिर २०७८, बिहिबार


काठमाडौँ ।

विश्वव्यापी रूपमा ख्यातिप्राप्त Ria Money Transfer र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ ।

सम्झौता अनुसार अब बिदेशमा रहेका नेपालीले Ria Money Transfer को सेवा प्रयोग गरी अमेरिका , यूरोप तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत Khalti app बाट सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् साथै Khalti मोबाईल वालेटमा लोड गर्न पनि सक्नेछन् ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Ria Money Transfer का तर्फबाट प्रमुख कार्यकारी अधिकृत Shawn D. Fielder  ले हस्ताक्षर गरेका हुन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह