Logo

बैंक / बिमा /शेयर

सनराइज बैंकको “सनराइज केयर” सुबिधा सार्वजनिक


GDP नेपाल
   २४ मंसिर २०७८, शुक्रबार


काठमाडौं ।

सनराइज बैंकले स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं अभियानलाई आत्मसाथ गर्दै आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म “सनराइज केयर” सार्वजनिक गरेको छ ।

यस सनराइज केयर प्लाटफर्म मार्फत सम्पुर्ण ग्राहक वर्गहरुले बैंकिङ्ग सम्बन्धी बिभिन्न सेवाहरु बैंक नगई अनलाइन मार्फतनै लिन सक्ने बैंबले जनाएको छ । सनराइज केयर बिभिन्न बैकिङ्ग सुविाधाहरु एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म हो जस मार्फत ग्राहक वर्गहरुले डेबिट कार्डको अनलाइन अकाउन्ट ओपनिङ्ग, पिन रिइस्यु,ग्रीन पिन चेन्ज, इकमर्स अपडेट, क्रेडिट कार्ड स्टेटमेन्ट, इएम आइ रिक्वेस्ट, पेमेन्ट अप्सन चेन्ज, मोबाइल बैकिङ ब्लक अनब्लक तथा अन्य धेरै सेवाहरुसँग सम्बन्धी आवेदनहरु अनलाइन मार्फतनै दिन सकिने बैंकले जनाएको छ ।

 

यसको लागी सन्राइज केयरको पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने जनाएको छ  ।

डिजिटल प्रबिधिको उपयोगसंगै वर्तमान कोभिड १९ को परिप्रेक्ष्यमा ग्राहक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस बैंकले आफ्ना ग्राहक वर्गको सहजता र सुरक्षाको हेतु एक नविन अनलाइन बैंकिङ्ग प्लाटफर्म उपलब्ध गराएको हो ।  आगामी दिनहरुमा यस सनराइज केयर मा अन्य बैंकिङ्ग सेवाहरु पनि थप गरि यस प्लाटफर्मलाई अत्याधिनिक प्रविधियुक्त र प्रभावकारी बनाउदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १,५०० भन्दा बढि पोइन्ट अफ सेल (एइक्) मर्चेन्ट नेटवर्क, १६० एटिएम, १३९ बटा शाखाहरु, १२ एक्सटेन्सन काउण्टर, ८१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सनराइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा पनि अग्रणी बैंक हो । यस अनलाइन प्लाटफर्म “सनराइज केयर”ले आफ्ना सम्पूण ग्राहक महानुभावहरु लाई थप लाभान्वित बनाउने आशा बैंकले लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सनराइज बैंक प्रतिबद्ध रहेको छ ।


 

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह