Logo

बैंक / बिमा /शेयर

सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   १४ कार्तिक २०८१, बुधबार


काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।


सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रकाशित : १४ कार्तिक २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह