Logo

बिजनेस होम

नयाँँ बानेश्वरमा किरेइ कस्मे जापानको स्टोर, अभिनेत्री खड्काले गरिन् उद्घाटन


GDP नेपाल
   २७ मंसिर २०७८, सोमबार


काठमाडौं।

जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामाग्रीहरु काठमाडौंमा पनि उपलब्ध गराउने भएका छन् । विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका उत्पादनहरु नेपालमा पहिलोपटक उपलब्ध हुँदैछन् । महिलाहरुमा प्रायः बढी देखा पर्ने डन्डिफोर लगायत अन्य समस्याहरुको लागि यो विश्व–विख्यात नाम हो ।

मोमोतानी जुनतेन्कान ले १८८५ मा बिगन्सुइ नामको एक्ने केयर उत्पादनसँगै आफ्नो उत्पादनको शुरुवात गरेको थियो र पछि यसले अन्य स्किन केयर सामाग्रीहरुको उत्पादन गर्न थालेको थियो । जापानकी साम्राज्ञीले समेत यहि ब्राण्डको उत्पादनहरु प्रयोग गर्ने कम्पनीको भनाइृ छ । हाल मेशोकु र मोमोतानीका उत्पादनहरु विश्वका २५ देशमा बिक्री भइरहेका छन् । यसका उत्पादनहरुमा एक्नि केयर, स्किन केयर, मेक–अप र हेयर केयरहरु आदि छन् । यी सबै उत्पादनहरु जापानमै बनेका हुन् ।

नेपालस्थित लाफिङ यति ट्रेडिङ प्रा।लि।ले यसलाई नेपालमा भित्र्याएको हो । लाफिङ यतिले नयाँँ बानेश्वर र पुल्चोकमा जापानिज भेराइटि स्टोर खाइमोनो र सिभिल मलमा टच–मी जापान पनि सन्चालन गर्दै आइरहेको छ । खाइमोनोमा सम्पूर्ण घरायसी सामानहरु, सजावटका सामानहरु, जापानीज् सौन्दर्य प्रसाधनहरु र अन्य उपयोगी सामानहरु उपलब्ध छन् भने टच मीमा महिला पुरुष दुवैको लागि ब्रान्डेड ब्यागहरु उपलब्ध छन् । टच मीमा महिला तथा पुरुष दुवैको लागि अन्य एसेसरिज पनि चाँडै उपलब्ध हुनेछन् । यहाँँ पाइने सम्पूर्ण सामानहरु जापानमै त्यहीँको गुणस्तर मापदण्ड अनुसार उत्पादित हुन्छन् । लाफिङ यती अन्तरराष्ट्रिय कम्पनीमा काम गर्दै त्यहाँको ज्ञान र अनुभव नेपालमा हस्तान्तरण गर्दै युवा सशक्तिकरण एवम् महिला सशक्तिकरणद्वारा नेपालमै सक्षम युवा नेतृत्व उत्पादन गर्ने अभिप्रायले नेपाली युवाद्वारा स्थापित कम्पनी हो ।

यसै कम्पनीले नयाँँ बानेश्वर, काठमाडौंमा किरेइ कस्मे जापानको नाममा आफ्नो पहिलो जापानिज् कस्मेटिक र स्किन केयर शोरुम पनि उद्घाटन गरेको छ । यसको उद्घाटनसँगै नेपाली महिलाहरुले विश्व–प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानिज् उत्पादनहरु सहजै प्राप्त गर्न सक्नेछन् । नेपालमा मोमोतानी र मेशुकोका उत्पादनहरु किरेइ कस्मेले मात्र एक्स्क्लुजिव रुपमा बिक्री गर्नेछ । यसको स्टोर नयाँँ बानेश्वरस्थित काइमोनो जापानको शोरुमसँगै रहेको छ ।

लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर शोरुमको उद्घाटन गरेकी थिइन् । उनले सोही शोरुममै उक्त २ ब्रान्डका उत्पादनहरु पनि लन्च गरेकी थिइन् । भिडियो म्यासेजमा बोल्दै मोमोतानी जुनतेन्कानका कर्पोरेट अफिसर र जेनेरल म्यानेजर हिरोशी वादाले भने, “राम्रो र आकर्षक देखिन सबैलाई रहर हुन्छ । हाम्रो मुख्य उद्धेश्य भनेको उपभोक्ताहरुको समस्या समाधान गरेर वहाँँहरुलाई खुशी बनाउने हो । हामी भविष्यमा पनि लाफिङ यति ट्रेडिङ प्रा।लि।को माध्यमबाट यस्तै उपयोगी उत्पादनहरु ल्याउने छौँ ।” उद्घाटन कार्यक्रममा बोल्दै लाफिङ यति ट्रेडिङ प्रा।लि।का एक प्रतिनिधि गौरव थापाले भने, “ हाम्रा ग्राहकहरु लगायत सम्बन्धित सम्पूर्णबाट अहिलेसम्म प्राप्त भएको सहयोगप्रति हामी आभारी छौँ, र यो लन्च कार्यक्रममा यहाँँहरुको उत्साजनक उपस्थितीको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । जापानको लोकप्रिय ब्रान्डको गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा ल्याउन पाउँदा एकदमै खुशी लागेको छ । हाम्रा यी उत्पादनहरुलाई नेपाली उपभोक्ताहरुले मन पराइदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।”

मोमोतानी र मेशुकोको गुणस्तरीय उत्पादनहरु दराज अनलाइन शपिङ र काइमोनो जापान अनलाइन स्टोरमा पनि उपलब्ध छन् ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह