Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूका ग्राहकलाई सस्तोडिलको सुपर डे योजनामा ३ हजारसम्मको छुट


GDP नेपाल
   २७ मंसिर २०७८, सोमबार


बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले सस्तो डिलको सुपर डे योजनामा रु. ३,००० सम्म छुट पाउने भएका छन् । बैंकले आफ्नो कार्डबाहक ग्राहकलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु. ३,००० सम्मको विशेष छुटको योजना ल्याएको हो ।

सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिख देखि १७ तारिख सम्म संचालन गर्न लागेको छ । जस अन्र्तगत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहक ग्राहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५% वा अधिकतम् रु ३,००० सम्मको छुटको सुबिधा पाउन सक्नेछन् । यो योजनामा बैंकको कार्डबाहक ग्राहकले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. ३,००० सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह