काठमाडौँ ।
इस्टर्न हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ ।
कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १२ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ जारी जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा गत मंसिर २४ गते आवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएसँगै यस कम्पनीले १०० अंकित दरका कुल १२ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
कपनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया