काठमाडौँ ।
साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार खुलेको २ घण्टा नपुग्दै पुँजीबजार मापक नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छहो । पछिल्लो केही समययता निरन्तर ओरोलो लागेको सेयर बजार मंगलबार १२ः३८ मा भने नेप्से सूचक ११४.२५ अंक बढेको छ । यस्तै, सेन्सेटिभ सूचक पनि ४.३२ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया