Logo

कर्पोरेट-बजार

महासंघ अध्यक्ष भवानी राणालाई साना मझौला उद्यम व्यवसायी महासंघको सम्मान


appharu
   ७ भाद्र २०७५, बिहिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालाई साना तथा मझौला व्यवसायी महासंघले बुधबार सम्मान गरेको छ ।
राणालाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनयन भएको अवसरमा बधाईसहित सम्मान पत्र प्रदान गरिएको हो ।

साना तथा मझौला व्यवसायी महासंघका पदाधिकारी सहित सदस्यहरु र साना मझौला उद्यमी व्यवसायीहरुको सहभागितामा आयोजित कार्यक्रममा त्यस महासंघका अध्यक्ष बाबुकाजी महर्जनले बधाईपत्र प्रदान गरे । उनले निजीक्षेत्रको संघिय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको मुलुकको आर्थिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भूमिका रहेको र आफ्नो संस्थाले महासंघ संग नजिकमा रहेर सहकार्य गर्न इच्छुक रहेको धारणा राखे ।

कार्यक्रममा अध्यक्ष राणाले मुलुकको अर्थतन्त्रमा साना मझौला उद्यम व्यवसायको निकै ठूलो हिस्सा रहेकाले यस क्षेत्रको विकासका लागि नीतिगत सुधार सहित आवश्यक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले नेपालमा साना मझौला उद्यम व्यवसाय सम्बन्धी विद्यमान अवस्था चुनौती तथा संभावना समेटिएको विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित : ७ भाद्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह