Logo

बिजनेस होम

कोका–कोला लगाएतका कम्पनीले प्लास्टिकजन्य फोहोरको संकट समाधान गर्न गरे उल्लेखनीय पहल


GDP नेपाल
   २९ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) को नयाँ प्रतिवेदनले आफ्नो ‘रि–सोर्स प्लास्टिक’ कार्यक्रमको मुख्य सदस्यहरु– दि कोका–कोला कम्पनी, केउरिग डा. पेपर, म्याकडोनाल्ड्स कर्पोरेसन, पी एन्ड जी र स्टारबक्सले २०१८ र २०२० को बीचमा आफ्नो प्लास्टिक प्रयोगमा ५७५ कटौती गरेको देखाएको छ। 

पुनः प्रयोग गर्न नसकिने अथवा हार्ड–टु–रिसाइकल साना–साना सामान जस्तै– स्ट्र, प्लास्टिकका भाँडा–कुँडा, भिनाइल र कडा फोमजस्ता सामानहरुको प्रयोगमा कटौती गरेर कुल ७१ हजार मेट्रिक टन कम फोहोर उत्पादन भएको हो। प्लास्टिकजन्य पदार्थको उत्पादन र प्रयोगमा कमी आउनुलाई रिःसोर्स प्लास्टिकको दोस्रो वार्षिक प्रतिवेदनः ट्रान्सपरेन्ट २०२१ मा प्रकाशित प्रोग्रेसको मुख्य उपलब्धिको रुपमा हेरिएको छ। 

डब्ल्यूडब्ल्यूएफद्वारा २०१९ मा सुरु गरिएको यो कार्यक्रम प्लास्टिकजन्य प्रदूषणमा कर्पोरेट प्रभावको मात्रा निर्धारण गर्ने र लाखौं टन प्लास्टिकको फोहोरलाई रोक्न कम्पनीले निर्वाह गरेका भूमिकाहरु ट्रयाक गर्ने प्रयास हो।

दि ट्रान्सपरेन्टको रिपोर्टिङले कसरी हरेक वर्ष प्लास्टिकको फुटप्रिन्टहरू परिवर्तन भइरहेका छन् भनेर प्रोग्रेस ट्र्याक गर्ने र प्लास्टिकजन्य उत्पादनमा कर्पोरेट संलग्नतामा डब्ल्यूडब्ल्यूएफले क्रिटिकल ठहर्याएको तीन क्षेत्रहरुमा प्राथमिकताअनुसार काम अगाडि बढाउन सुझाव दिन्छ।  

-अनावश्यक प्लास्टिक प्रयोग नगर्ने
-आवश्यक प्लास्टिकहरु दिगो तरिकाले उत्पादन गर्ने 
-यस्ता प्लास्टिकहरुको रिसाइक्लिङ दोब्बर बनाउने 

डब्ल्यूडब्ल्यूएफको प्राइभेट सेक्टर इनगेजमेन्टकी सिनियर भाइस प्रेजिडेन्ट शिला बोनिनीले भनिन्, ‘केही समययता व्यवसायहरुले प्लास्टिकजन्य प्रदूषणले निम्त्याएको समस्याको बारेमा कुरा गर्दै आएका छन्, जुन अपरिहार्य नै थियो तर अब हामीले प्रश्न गर्ने बेला आएको छ– “तपाइँहरुले के गर्नुभएको छ र यसले केही परिवर्तन ल्याएको छ कि छैन ?’

कोका–कोला कम्पनीको सिनियर भाइस प्रेजिडेन्ट र कम्युनिकेसन्स, सस्टेनेबिलिटी र स्ट्राटेजिक पार्टनरशिप्स् चिफ अफिसर बी पेरेजले भने, ‘डब्ल्यूडब्ल्यूएफको ट्रान्सपरेन्ट २०२१ रिपोर्टमा देखाइएको प्रोग्रेसले महत्वाकांक्षी र सामूहिक कार्यको निरन्तरताको आवश्यकता देखाउँछ। जब हामी मिलेर काम गर्छौं, हामी सर्कुलर अर्थतन्त्रलाई अगाडि बढाउन र प्लास्टिकजन्य फोहोर घटाउन अर्थपूर्ण कदमहरु चाल्न सक्छौँ।’

ट्रान्सपरेन्ट २०२१ को रिपोर्टको मुख्य निष्कर्षहरु स्

१. केही क्षेत्रमा आशाजनक प्रगति, विशेष गरी अनावश्यक प्लास्टिकको प्रयोग कम गर्ने  विषयमा

२. पुनः प्रयोगको क्षेत्रमा प्रगती 

एकचोटि मात्र प्रयोग गर्न मिल्ने सामानहरुको मागलाई कम गर्ने प्रयास। धेरै कम्पनीहरुले रिसाइक्लिङ प्लान्टहरु प्रयोग र र विस्तार गर्न शुरु गरेका छन्। यसका साथै उनीहरु वातावरणीय र सामाजिक रूपमा जिम्मेवार रिसाइक्लिङ सिस्टमहरु विकास गर्न कन्ज्युमर्स बियोन्ड वेस्ट कार्यक्रममा पनि सहभागी छन्।

प्रकाशित : २९ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह