Logo

अर्थनीति

वातावरण ऐनले साना तथा मझौला होटल व्यवसायी मारमा, हानद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण


४ पुस २०७८, आइतबार


काठमाडौं । होटल संघ नेपाल (हान)ले वातावरण ऐनको प्रावधानका कारण साना तथा मझौला होटल व्यवसायी मारमा परेको भन्दै सच्याउन माग गरेको छ । वातावरण ऐन २०७६ मा २५ देखि ५० बेड सम्मका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिनुपर्ने व्यवस्था रहेको र यो व्यावहारिक नभएको हानको भनाइ छ ।

ऐनको यो प्रावधानले स्तरोन्नति र सकारात्मक दूरदृष्टि राखेता पनि व्यापक परामर्श र व्यवहारिकता नहेरी गरिएको यस व्यवस्थाले साना तथा मझौला व्यवसायीहरुलाई चेपुवामा पारी विविध समस्या खडा गरेको हान अध्यक्ष सृजना राणाले बताइन् ।

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेसँग भेटी अध्यक्ष राणाले अहिलेको जटिल परिस्थितिमा खर्चका कारण उक्त कार्य गर्न गराउन केही समय लाग्ने भएकोले नेपाल राष्ट्र बैंक लगायतका निकायहरुबाट उपलब्ध हुनुपर्ने इजाजतहरु वातावरणीय अध्ययनलाई थाँती राखी इजाजत प्रक्रिया लगायतका कार्यहरु स्थगित हुन पुगेको हुँदा यसलाई सहजिकरण गरिदिन आग्रह गरिन् । उनले यस व्यवस्थालाई संशोधन गरी पहलिेकै व्यवस्था हुन विशेष पहलकदमीका लागि संघको तर्फबाट माग गरेकी छन् ।

अध्यक्ष राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएको हुँदा विशेष पर्यटन नीति तथा योजना बनाई विशेषगरी पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रमहरु शीघ्र कार्यान्वयन गरिनुपर्ने र यसबाट अन्य प्रदेशहरुले पनि सोही बमोजिमको अनुसरण गर्ने बताइन् । उपत्यका पर्यटन कार्यालयलाई स्रोत साधन सहित मजबुत बनाइनु पर्ने भनाई राख्दै आगामी दिनमा प्रदेश सरकारको पूर्ण सहयोगको अपेक्षा राखेको उनको भनाइ छ ।

कार्यक्रममा संघका महासचिव साजन शाक्यले कोभिड–१९ ले अतिप्रभावित पर्यटन तथा होटल उद्योगलाई बचाउनका लागि प्रदेश पर्यटन नीति तथा कानुन पर्यटन मैत्री हुनुपर्ने बताए ।

कार्यक्रममा मुख्य मन्त्री पाण्डेले प्रदेश सरकार व्यवसाय मैत्री नीयम तथा कानुनको अवलम्वन गर्दै अगाडि बढिरहेको र यसबाट पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने बताए । यस क्षेत्रको जर्गेना हुन सके, बढी भन्दा बढी लगानी हुन सके, रोजगारी र राजस्वको दयरा बढ्ने पनि बताउँदै पर्यटन क्षेत्रलाई फराकिलो बनाउँदै अघि बढ्ने आश्वासन मुख्यमन्त्रीले दिए ।

कार्यक्रममा उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले कार्यालय नीति तथा नियमको पूर्ण परिपालना गरी अगाडि बढ्ने भएको हुँदा यस्ता किसिमका समस्याहरु कार्यालयमा अवगत हुने हुँदा व्यवसायीको समस्या आफैंमा सकारात्मक हुँदा हुँदै पनि कानुनको पालना गर्ने क्रममा कार्यालय दृढ रहेको बताए ।

कार्यक्रममा पर्यटन व्यवसायी संगठन नेपालका अध्यक्ष, पश्चिम ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष तथा पर्यटकीयस्तरका होटलहरुका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह