Logo

बिजनेस होम

चन्दननाथ नगरपालिकाले लगानी प्रवर्द्धन सम्मेलन गर्ने


appharu
   १० भाद्र २०७५, आइतबार


काठमाडौं । जुम्लाको औद्योगिक विकासका लागि लगानी जुटाउने उद्देश्यले चन्दननाथ नगरपालिकाले पहिलो पटक लगानी प्रवर्द्धन सम्मेलन गर्ने भएको छ ।

स्थानीय तहमा लगानी प्रवर्द्धन सम्मेलन गर्ने चन्दननाथ पहिलो नगरपालिका हो ।

स्वदेशी–विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेका शे–फोक्सुण्डो र रारा ताल नजिक अवस्थित उक्त नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरेर औद्योगिक लगानीका निम्ति आह्वान गरेको हो ।

उक्त नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयमा ‘विकास सामर्थ्य उजागर’ भन्ने नाराका साथ यही भदौ २९ गते उक्त सम्मेलन हुने नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिइन् ।

सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलसहित प्रतिष्ठित उद्योगी व्यवसायी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा दातृ निकायका प्रतिनिधि, बैँक तथा वित्तीय संस्थाको प्रतिनिधित्व हुने सेजुवालले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिएकी हुन् ।

२० सभ्यता एक दिनको हिँडाइमा भ्रमण गर्न सकिने जानकारी पनि दिइयो । नगरप्रमुख सेजुवालले भनिन्, “अन्य स्थानीय तहलेभन्दा हामीले थोरै कर निर्धारण गरेका छौ । जुम्लामा लगानी गर्नेलाई नगरपालिकाले करमा भारी छुट दिइनेछ ।

प्रकाशित : १० भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह