काठमाडौँ ।
आजबाट कारोबार खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा प्रतिकित्ता १०० रुपैयाँमा पहिलो कारोबार भएको कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११० रुपैयाँ पुगेको छ । त्यस्तै, मार्केट डेपमा ६ लाख ४५ हजार ३७ कित्ता सेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम ९४ रुपैयाँ ३९ पैसादेखि अधिकतम २८३ रुपैयाँ १७ पैसा तोकेको थियो ।
प्रतिक्रिया