Logo

बैंक / बिमा /शेयर

सप्तकोसी डेभलपमेन्ट बैँकका सीईओ पक्राउ


GDP नेपाल
   १५ पुस २०७८, बिहिबार


विराटनगर ।

सप्तकोसी डेभलपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदी सहित दुई जना पक्राउ परेका छन् ।

बैङ्कको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपियाँ हिनामिना गरेको आरोपमा सुवेदीसहित बैँकका अन्य दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सुवेदीसहित वित्तीय प्रमुख विराटनगर–१ निवासी देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको छ । यसअघि बैङ्कका कर्मचारी हिमाल भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिइ सकेको छ ।

सुवेदीमाथि पारिवारिक मानिसलाई बैँकमा सामेल गराएर ग्राहकको करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख भट्टराई सीईओ सुवेदीका फूपुका छोरा हुन् । प्रहरीले भट्टराईविरुद्ध बैङ्किङ कसुर मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेका बेला बैङ्कभित्रको घोटालालाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बैङ्कमा अपचलन भएको भन्दै नेपाल राष्ट्र बैङ्कमा उजुरी परेसँगै राष्ट्र बैङ्कले आन्तरिक रूपमा छानबिन गर्न सात सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह