Logo

कर्पोरेट-बजार

एकै वर्ष ३ खर्ब एफडीआई: ऊर्जामा पौने २ खर्ब, उत्पादनमूलक उद्योगमा ७८ अर्ब


appharu
   ९ बैशाख २०७५, आइतबार


जीडीपी नेपाल
काठमाडौं, ९ वैशाख
नेपालमा गत वर्ष (२०७४)मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आश्चार्यजनक रुपमा बढेको छ ।
उद्योग विभागका अनुसार गत वर्ष ४ सय ८९ उद्योगका लागि २ खर्ब ९४ अर्ब ३७ करोड ९५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
गत वर्षको लगानी प्रतिबद्धता अघिल्लो वर्षको सोही अवधिकोभन्दा दोब्बर बढी हो ।
अघिल्लो वर्ष ९२०७३०मा भने ५ सय ९ उद्योगका लागि १ खर्ब ५० अर्ब ५५ करोड रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो । यसअघि २०७२ को साउनदेखि चैत मसान्तसम्ममा ३ सय ५३ उद्योगका लागि १ खर्ब २४ अर्ब लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।
उद्योग विभाग मुलुकमा साना तथा मध्यमस्तरीय लगानी भिœयाउने पहिलो ढोका पनि हो । विभागका अनुसार प्रतिबद्धता बमोजिमको लगानी भित्रिएमा ४ सय ८९ उद्योग थपिनेछन् भने २९ हजारले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

नेपालले लगानी सम्मेलन आयोजना गरी विदेशी लगानीकर्तालाई ‘रेड कार्पेट’ बिच्छ्याएसँगै एफडीआई प्रतिबद्धतामा उत्साहजक वृद्धि भएको विभागका अधिकारीहरु बताउँछन् । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा सरकारले गत वर्ष गरेको लगानी सम्मेलनमा १४ खर्बभन्दा बढी लगानीको आश्वासन प्राप्त भएको थियो । यस्तै, गत वर्ष संघीय स्थानीय तथा प्रदेश गरी तिनै तहको निर्वाचन सम्पन्न हुनु, बहुमतप्राप्त सरकार बन्नु तथा लगानीमैत्री वातावरणमा सुधार आउँदै जानुको प्रभाव वैदेशिक लगानीमा देखिएको हो ।

सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, उर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा, सूचना प्रसारण तथा सञ्चार प्रविधि तथा पर्यटन विधामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै आएको छ । विगतमा वर्षमा उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीको अवस्था निराशाजनक भएपनि ०७४ मा भने यो क्षेत्रमा निकै आशा देखिएको उद्योगीहरूले बताएका छन् ।
०७४ मा कृषि तथा बन पैदावारमा आधारित २१, निर्माणमा ६, उर्जामूलक ३४, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा २८, उत्पादनमूलकमा १३५, खनिजमा ४ वटा उद्योग स्थापना गर्न लगानीको प्रतिबद्धता आएको छ । त्यस्तै सेवामूलकमा १२५ र पर्यटनमा १३५ वटा उद्योगको प्रस्ताव आएको हो ।
यद्यपि प्रत्यक्ष वैदेशिक लगानी आउने मुख्य ढोका उद्योग विभागमा प्रतिबद्धता धेरै भए पनि वास्तविक लगानी भने आउन सकेको छैन ।

प्रकाशित : ९ बैशाख २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह