काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ । जसमा यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।
नेपालका लागि क्षेत्रीय मञ्चमा उपस्थिति न यो पहिलो र अन्तिम पक्कै होइन । आम नेपालीले पनि यसलाई एउटा औपचारिक र कर्मकाण्डी घोषणापत्रभन्दा बढी सोचेका छैनन् ।
तर, नेपालका लागि बिमस्टेक सम्मेलनको अर्को ठूलो उपलब्धि हासिल भएको छ र त्यो हो– माइस टुरिजम । नेपाल भ्रमण वर्ष २०२० को तयारीमा रहेको नेपालका लागि यो सम्मेलन रणनीतिक रुपमा महत्वपूर्ण रह्यो र नेपालले छिमेकी मुलुकका लागि ध्यान खिच्न सक्यो । अर्कोतर्फ सम्मेलनका दौरानमा काठमाडौंवासीले केही दुःख पाए पनि सम्मेलनको व्यवस्थापकीय पक्ष त्यति फितलो रहेन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यसअघिको नेपाल भ्रमणको प्रभावले भारतीय पर्यटक बढिरहेको अवस्थामा थाइल्याण्ड, श्रीलंका र म्यानमारका सरकारप्रमुखले नेपाल भ्रमण गरेसँगै बुद्ध जन्मस्थल लुम्बिनीसमेत पुगेकाले यसबाट आगामी दिनमा पनि बुद्धमार्गी पर्यटक नेपालमा बढ्ने आकलन गर्न सकिन्छ ।
बिस्टेकको संस्थागत सुधार, सम्पर्क तथा सम्बन्ध विस्तार, व्यापार र लगानी, प्रतिआतङ्कवाद तथा अन्तर्रा्ष्ट्रिय अपराध, अपराध तथा विपद् व्यवस्थपन, जलवायु परिवर्तन, ऊर्जा, प्रविधि, कृषि, मत्स्यपालन र जनस्वास्थ्यका महत्वपूर्ण विषयमा सम्मेलनले निर्णय गरेको छ । यसमा केहीमात्र कार्यान्वयन हुन सके पनि सम्मेलन नेपालका लागि उपलब्धिमूलक रहनेछ ।
प्रतिक्रिया