Logo

सेयर बजार

नेप्से ३१ अंकले घटे पनि ८ अर्ब बढीको सेयर किनबेच


GDP Nepal
   २८ पुस २०७८, बुधबार


काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ३१ अंकले घटेको छ । तर, सेयर कारोबार भने बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर बढेको सेयर बजारमा बिहीबार केही करेक्सन भएको छ । जसअनुसार नेप्से ३०.५१ अंकले घटेर २८०३.६२ बिन्दुमा ओलिएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स ६.९९ बिन्दु र फ्लोट इन्डेक्स १.८६ अंकले घटेका छन् ।

बुधबारको कारोबारमा १ करोड ६१ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेमा बजार पुँजीकरण ३९ खर्ब ६० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

प्रकाशित : २८ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह