Logo

मुख्य समाचार

सरकारको अनुमतिमा नै व्यवसाय गर्न खोज्नु गैर कानुनी र आपराधिक गतिविधि होइन : महासंघ


GDP नेपाल
   ३० पुस २०७८, शुक्रबार


निजी क्षेत्रमामाथि भइरहेको एकतर्फी चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै महासंघले निजी क्षेत्रमामाथि भइरहेका चरित्र हत्या र मानमर्दनप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।

पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरीया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे । महासंघले सरकारी निकायले अनुमति दिए अनुसार नै निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएको जनाएको छ ।

‘बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरीया संचालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छ’, विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, संचारमाध्यममा आएका समाचारकै भरमा निर्माणाधीन संरचना भत्काइनु न्याय संगत नभएको बताउँदै महासंघले भनेको छ,’ प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिंदैन तर त्यसको सत्यतथ्य खोजी हुनुु पर्छ भन्ने हाम्रो मान्यता छ । संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन ।’

‘सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने हाम्रो चिन्ता छ । महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर हो । तर विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने बिषयमा पनि महासंघ प्रष्ट छ । अतः व्यवसायीमाथि एकतर्फीरुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहान्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह