Logo

कर्पोरेट-बजार

नाडा अटो शोमा हेभी कमर्सियल भेइकलले ठाउँ पाएनन्


appharu
   १७ भाद्र २०७५, आइतबार


काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको दसैं मानिने नाडा अटो शो मा यस वर्ष हेभी कमर्सियलको स्टल भने नहुने भएको छ । आयोजकले स्थान अभावको कारण देखाउँदै हेभी कमर्सियल भेइकललाई मेलामा सहभागी गराएको छैन ।

नेपालमा भूकम्पपछिको पुनर्निर्माण तथा ठूला परियोजनाहरु धमाधम निर्माण भइरहेका बेला हेभी कमर्सियल भेइकलप्रति ठूलो आकर्षण छ । तर, नाडाले यस्ता भेइकललाई सहभागी नगराउँदा मेला नै फिका बनेको केही व्यवसायी बताउँछन् ।

नाडा अटो शो दुई दशकभन्दा बढीदेखि दसैंअघि पारेर सञ्चालन हुँदै आएको छ । मेलाको यो १३औं संस्करण हो । भदौ २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी कक्षमा हुने मेलालाई यस वर्ष सर्वो लुब्रिकेन्ट्सले प्रायोजन गरेको छ ।

सवारी साधन तथा अटो कम्पोनेन्ट्स सम्बन्धी सम्पूर्ण जानकारी एकै थलोमा उपलब्ध गराई, नेपाली अटोमोबाइल क्षेत्रमा भइरहेको आधुनिक एवं प्राविधिक विकासको प्रचार—प्रसार—प्रवद्र्धन गर्नु नाडा अटो शोको मुख्य उद्देश्य रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मेलामा यस वर्ष तीनवटा ह्याङ्गरहरू राखिएका छन् । ६ दिन सम्म चल्ने नाडा अटो शो २०७५ मा १९ वटा ब्राण्डका ४–पाङग्रे तथा २० वटा ब्राण्डका २–पाङग्रे सवारी साधनहरू रहने छन् । यसै गरी पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ भने साना ठूला गरि १३४ वटा ब्लक तथा स्टलहरू रहने छन् ।

प्रकाशित : १७ भाद्र २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह